Author: Bijaya Tamang

  • डिजिटल साक्षरता अब गाउँले हातमा भविष्यको शक्ति।

    डिजिटल साक्षरता अब गाउँले हातमा भविष्यको शक्ति।

    आज भन्दा केही समय पहिले गाउँका मान्छेले पैसा लिन शहर धाउँथे, बैंकको लाइनमा उभिँदा पसिना बग्थ्यो, तर आज मोबाइलको एउटा टचले दुनियाँ चल्छ। अब गाउँका हात-हातहरुमा पनि बैंक बसेको छ। यो हो डिजिटल वित्तीय साक्षरता। मोबाइलमा eSewa खुलेपछि, काठमाडौंमा पढ्नबसेका छोराले बुबालाइ सम्झँदै ए बा, पैसा पठाइदिनु है भन्नेबित्तिकै छोराको मोबाइलमा म्यसेज जान्छ त्यो पल, केवल रकमको होइन, सम्बन्धको पनि मिलन हो। अब समय बच्छ, काम सजिलो हुन्छ, हरेक पैसाको हिसाब मोबाइलमै सुरक्षित रहन्छ। तर हो, सजिलोसँगै जिम्मेवारी पनि आउँछ। पासवर्ड अरूलाई नदिने, ठगीको लिंक नखोल्ने, र हरेक कारोबारमा सोच्ने यो मेरो मेहनतको पसिना हो। डिजिटल साक्षरता भनेको केवल एप खोल्न जान्नु होइन, आफ्नो मेहनतको पसिना सुरक्षित राख्ने समझदारी हो। अब गाउँ र सहरको दूरी इन्टरनेटले मेटिसकेको छ। जसले मोबाइल चलाउन जान्दछ, उही भविष्य चलाउन जान्दछ। ज्ञान र पैसा दुवै डिजिटल भए, देशले उडान भर्छ। सिकौँ, सिकाऔँ, अनि आफ्नै गाउँबाट नयाँ नेपाल निर्माण गरौँ। 🇳🇵

    Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

  • तीन दिनको पर्खाइ

    तीन दिन सुन्नमा सानो समय हो तर मनमा लागेको कुराको लागि यो तीन दिन वर्षजस्तै लाग्न सक्छ। बिहान–बेलुकी फोन हेर्ने, मेसेजको प्रतीक्षा गर्ने, र प्रत्येक आशा र अनिश्चितता मिसिने ती तीन दिन…।

    पहिलो दिन आत्मविश्वासले भरिएको पक्कै उत्तर आउँछ।
    दोस्रो दिन अलिक शान्त, तर मनभित्र हल्का बेचैनी।
    तेस्रो दिन भने समय रोकिएजस्तो, हरेक क्षण लामो र मौन।

    तर पर्खाइको सौन्दर्य यही हो यसले भावनाको गहिराइ देखाउँछ। जुन कुरा सजिलै भेटिन्छ, त्यसको मूल्य कहिल्यै यति गहिरो हुँदैन।
    तीन दिनको पर्खाइले कहिलेकाहीँ हामीलाई सिकाउँछ साँच्चै प्रतीक्षा गर्न सक्ने मन नै प्रेम र विश्वासको साँचो रूप हो।